kayseri dijital pazarlama Betgaranti Giriş Atlasbet Giriş Bettilt Giriş Betist Giriş supertotobet giriş Süpertotobet Giriş Madridbet Giriş श्रम तथा रोजगार कार्यालय

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय

धनगढी, कैलाली

परिचय

हाम्रो बारेमा श्रम सम्बन्धी कानूनमा भएको व्यवस्था कार्यस्थलमा कार्यान्वयन गर्ने गराउने उद्देश्यले श्रम कार्यालयहरूको गठन गरिएको हो । कार्यसम्पादन तथा सेवा, सुविधा कार्यस्थलको नजिकबाट उपलब्ध गराउने उद्देश्यले औद्योगिक तथा संगठित श्रमको प्रयोग भएको क्षेत्रहरूमा श्रम कार्यालयहरूको स्थापना भएको छ । श्रम कार्यालयको स्थापना वि सं २०२६ सालमा कारखाना निरीक्षकको नाममा शुरूमा काठमाडौं र विराटनगरबाट भएको हो । त्यसै अवधारण अनुसार २०५३ सालमा सुदूर पश्चिमांचलका ९वटा जिल्लाहरुको श्रम सम्वन्धी विवादहरुलाई कार्यान्वयन गर्ने गरी सेती अन्चलको कैलाली जिल्लामा स्थापना गरियो । श्रम विभाग अन्तर्गत रहेका श्रम कार्यालयहरू हाल देशभरिमा १० वटा रहेका छन् । ती कार्यालयहरूबाट सम्पादन हुने कार्यको अनुगमन तथा समीक्षा श्रम विभागबाट गर्ने व्यवस्था रहेको छ ।